स्वतन्त्रताको रक्षा, समानता, न्याय र भ्रातृत्वको हाम्रो चाहना सम्बोधन गर्न सक्रिय हुने अपेक्षा गरेका जनता, शक्ति र संस्थालगायतले हामीलाई निराश बनाइरहेका छन्। तसर्थ, हामी दुर्भाग्यपूर्ण समयमा बाँचिरहेका छौं। आज राजनीति, धर्म, मिडिया आदिमा कुनैमा पनि हामी आशा राख्न सक्दैनौँ। बहुमतवादमा आत्मसमर्पण गरिसकेका धेरै संवैधानिक संस्थाहरूबाट अपेक्षा गर्नु व्यर्थ भएको छ।
यस्तो अवस्थामा साहित्यबाट पनि अपेक्षा गर्नु व्यर्थ हो भन्ने तर्क गर्न सकिन्छ। साहित्य भलै केही वाञ्छनीय मूल्यमान्यताका पक्षमा उभिए पनि यसले समाजमा खासै केही गर्न भने सक्दैन। आज समाजमा झुट-घृणा-हिंसा-हत्या आदि यति ‘लोकप्रिय’ बनेका छन् कि यसअघि भारतीय समाजमा कहिल्यै पनि यति ‘लोकप्रिय’ बनेका थिएनन्। अर्कोतर्फ, हामीले जसलाई विश्वास गर्छौँ, त्यो व्यक्ति जस्तो छ, त्यस्तै हुनु स्वाभाविकै पनि हो।
हामी बाँचिरहेको समयका धेरै बेफाइदा छन्। पहिलो कुरा त यहाँ लोकतान्त्रिक मानसिकताकै अभाव छ। लोकतान्त्रिक मानसिकताबाट सम्भव हुने संवाद र असहमतिका ठाउँमा सीमान्तीकरणको अभ्यास भइरहेको छ। दोस्रो कुरा संवाद-विवाद-असहमतिका परम्परागत र लोकतान्त्रिक फोरमहरूको निरन्तर अवमूल्यन भइरहेको छ, निष्क्रियता बढ्दो छ। तेस्रो सार्वजनिक रूपमा सुनिने भाषा निरन्तर प्रदूषित भइरहेको छ, यसको विद्रूप अवस्था हामीले नियालिरहेका छौँ।
चौथो, कतिपय गोपनीयताका विषयमा निरन्तर घुसपैठ भइरहेको छ। यसले अराजकता र असन्तुलन उत्पन्न गराएको छ। पाँचौँ, कानुनको होस् या संविधानको होस्, अथवा साझा शिष्टाचार र शिष्टताकै किन नहोस्, हरेक प्रकारका मर्यादा निर्लज्ज उल्लंघन भइरहेको छ। छैटौं, सबैलाई शंकास्पद बनाउने अभियान चलिरहेको छ। सातौं, झुट र पाखण्डको यति छिटो फैलाइन्छ कि सत्यको लागि कुनै ठाउँ र अवसर बाँकी रहन्न। यी सबैका कारण किंकर्तव्यविमूढ दृश्य हाबी छ।
यी सबै क्षतिको भर्पाई कसले गर्न सक्छ त? हाम्रो ध्यान साहत्य र कलातर्फ जानु युक्तिसंगत छ।
हामीलाई थाहा छ, नाजी वर्चस्वको समयमा धर्मका साथै संस्कृतिसम्मले पनि मानवीयतामाथि विश्वासघात गरेका थिए, तर साहित्यले गरेन। बौद्धिकता र सृजनशीलताका कुरा गर्दा साहित्य–ज्ञान–कलामा हामी राजनीतिक रूपमा स्वतन्त्र हुनुभन्दा धेरै अगाडि नै स्वतन्त्र भएका थियौँ भन्ने पनि हामीलाई याद छ। सौभाग्यवश यो समयमा पनि साहित्य सत्यको मूल्यमा आधारित छ। स्वतन्त्रता, समानता, न्याय, सहानुभूति, पारस्परिकताजस्ता विषय घृणा, पाखण्ड र झुटविरुद्धमा छन्। त्यसैले हामीले यसैबाट धेरै अपेक्षा गर्न थालेका छौं।
एक अर्थमा ‘अनदेखा’ चतुर र कायर मौनताको कारण पनि हो। यसलाई हामी बेवास्ता गरिरहेका छौं, किनभने हामी देख्न डराउँछौं। या त हामी वास्तवमै हामी डराएका हुन्छौं।
आफ्नो सबै बोझ साहित्यमाथि थोपरेर हामीले साहित्यको वास्तविक कामलाई चाहिँ अप्ठेरोमा त पारिरहेका छैनौँ भनेर हामीले सोच्नुपर्ने र हिचकिचाउनुपर्ने बेला आएको छ। राजनीतिको सर्वहारिता र पाखण्डता, धर्मको बढ्दो अध्यात्म-शून्यता, मिडियाको शक्ति-पूजा, बहुसंख्यक घृणा र अल्पसंख्यक लाचारी, न्यायको अभाव, भ्रष्टाचारको बढ्दो राज, सामाजिक असमानताको वृद्धिलगायतका तमाम समस्याप्रति केहीको प्रतिकार र केहीको क्षतिपूर्ति साहित्यले गर्न सक्छ?
अप्ठ्यारो समयमा पनि साहित्यबाट यति धेरै अपेक्षा राख्नु अत्याचार जस्तो लाग्न सक्छ। कतिपय लेखकलगायत धेरैलाई यतिविधि काम लगाइनु साहित्यको क्षमताभन्दा धेरै बाहिरको लाग्न सक्छ।
झन्डै दुई दशक पहिले एक अन्तर्वार्तामा मैले नोबेल पुरस्कार विजेता पोल्यान्डका कवि चेस्लाव मिवोजलाई सोधेको थिएँ, ‘सत्यमा पहुँच र नैतिक समाधान प्रदान गर्ने क्षमतामा कहिल्यै कविताले कुनै धर्मलाई प्रतिस्थापन गर्न सकेको छ?’
उनको जवाफ थियो, ‘छैन। कविताले धर्मको स्थान लिन सक्दैन… धर्मलाई कविताले प्रतिस्थापन गर्ने प्रवृत्ति छ। … कविताले धर्मलाई प्रतिस्थापन गर्नु कविताकै लागि खतरनाक हुन्छ। किनभने धर्मले कवितालाई धेरै उच्च स्थानमा राखेको छ।’
जे होस्, हाम्रै समयमा साहित्यले अझै बढी बोझ उठाउनुपर्ने हुन सक्छ। उठाउन सक्ने हुनु पनि पर्छ। सत्यको सबैभन्दा भरपर्दो शरण यही हो। जसले यी समस्या भन्न हिम्मत गर्छ, ऊ साक्षी पनि हो र पहरेदार पनि। रक्षक पनि उही हो। साहित्यले हामीलाई निराश बनाउने छैन भनेर हामीले आशा गर्नुपर्दछ।
साहित्य एक्लो र निःशस्त्र छ। बुद्धि-ज्ञान-विज्ञानका अन्य क्षेत्रहरूबाट उसले आज सहयोग र साथ पाएको छैन। तर कायर र चतुर मौन वातावरणमा पनि साहित्यले निडर भएर आवाज उठाइरहनुपर्छ। साहित्यले धेरै चिजहरू बचाउन त नसक्ला तर उसले विवेक, निडरता र प्रतिरोधको शक्तिलाई बचाउन सक्षम हुनेछ। सायद भाषामा मानवता र उष्णता उसले गरेको कामबाट बच्नेछ। यति नै पनि कम हुने छैन।
‘अलख‘
‘अलख’ कबीरलाई मनपर्ने शब्द थियो। यसका धेरै अर्थ पनि छन्। तर यसको एउटा अर्थ ‘अनदेखा’ भनेर बुझ्यौँ भने अझ प्रष्ट हुन्छ। हाम्रो समय र समाजमा धेरै पूर्वाग्रहले जरा गाडेका छन्, तर हामीले तिनलाई बेवास्ता गरिरहेका छौँ। बेवास्ताले हाम्रो मानवतालाई सीमित गरिरहेको छ।
‘कविताले धर्मको स्थान लिन सक्दैन… धर्मलाई कविताले प्रतिस्थापन गर्ने प्रवृत्ति छ। … कविताले धर्मलाई प्रतिस्थापन गर्नु कविताकै लागि खतरनाक हुन्छ। किनभने धर्मले कवितालाई धेरै उच्च स्थानमा राखेको छ।’
एक अर्थमा ‘अनदेखा’ चतुर र कायर मौनताको कारण पनि हो। यसलाई हामी बेवास्ता गरिरहेका छौं, किनभने हामी देख्न डराउँछौं। या त हामी वास्तवमै हामी डराएका हुन्छौं।
हाम्रा आँखा अगाडि क्रूरता-अत्याचार-हिंसा-हत्या-अत्याचार नियमित रूपमा दिनहुँजसो भइरहेकै छ। यी सबैलाई हामी अनेदेखा गरिरहेका छौँ। यी घटनाप्रति उदासीन छौं। तिनीहरूलाई बेवास्ता गरिरहेका छौँ। किनभने हाम्रो जन्मजात नैतिकता अब जानानजानी सम्झौता गर्न थालिसकेको छ। यो हदसम्म हाम्रो नैतिकता लगभग निष्क्रिय र निष्प्राण भइसकेको छ।
अत्याचार हेर्न चाहने हाम्रो उत्साहमा भने कुनै कमी आएको छैन। आज हामी हरदिन मिडियामा यस्ता अत्याचारका विषय कुनै झिँझो नामानी, थकान महसुस नगरी र बोर नलागी लगातार हेरिरहेका छौं। स्वेच्छाले होस् या जानीनजानी नै किन नहोस्, हामीसम्म यस्ता घटना आइरहेकै छन्। हामीले झुटका धेरै रूप र स्तरहरू हेरिरहेका छौं। हिंसा र हत्या, बलात्कार र यातनाजस्ता अत्याचार देखिरहेका छौं। फैलिरहेको घृणा र उक्साइराखिएको भेदभावलाई हामी बेवास्ता गर्न सक्दैनौँ। तर यी सबै देखे पनि हामी अविचलित छौँ।
केही समयसम्म यी घटनाले हामीलाई हडबडाहट पैदा गराउला, केही समय सनसनी पनि बनाउला, तर चाँडै हामी शान्त हुन्छौँ। हामी आफ्नो पीडा सबैलाई देखाउन चाहन्छौं तर अरूको पीडाले हामीलाई सताउँदैन। यदि यी सबै हुँदाहुँदै पनि हाम्रो मानवीयता घटाइरहेको छ भने हामी चिन्तित छैनौं। बरु हामी सन्तुष्टिमै बाँचिरहेका छौं। किनभने हामी सोच्छौँ कि, ‘कम्तीमा हामी त सुरक्षित छौं नि!’
अलख तपाईहाम्रै छिमेकमा छ। हामी जे लेखिरहेका छौं त्यो पनि हाम्रो छिमेकमै छ। यी दुवै प्रवृत्ति तपाईंहाम्रै छिमेकमा छ। तर, दुर्भाग्य! यो दौडमा हामी कमकम, कमकम हुँदै गइरहेका छौँ।
(वरिष्ठ साहित्यकार वाजपेयीको सो सामग्री द वायरबाट लिइएको हो।)
