काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आठ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफा र सञ्चितीबाट गरी उक्त रकमबराबरको बोनस सेयर दिने निर्णय गरेको हो। यस्तै कर तिर्ने प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
नियामक विद्युत नियमन आयोगको स्वीकृति र त्यसपछि वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गर्ने जानकारी अरुण भ्यालीले दिएको छ । गत आर्थिक वर्षमा अरुण भ्यालीले ४४ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको छ।
कम्पनीको चुक्ता पुँजी तीन अर्ब ८४ करोड ८० लाख रुपैयाँ छ ।


