काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई ७.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले सेयरधनीलाई एक अर्ब सात लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ।
बैठकले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ। राष्ट्र बैंकबाट स्वीकृति भएपछि वार्षिक साधारणसभामा पेश हुनेछ ।
साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गर्ने जानकारी बैंकले दिएको छ।


