२०८३ कार्तिक २२ गते शनिवार

दसैँ सुरु भएसँगै हवाई चाप बढ्यो, दैनिक साढे तीन सय उडान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
airport

काठमाडौं। दसैँ सुरु भएसँगै हवाई उडानमा चाप बढेको छ। विशेषगरी अन्तरर्राष्ट्रिय उडानमा चाप भए पनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलले जनाएको छ। दसैँमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाइ यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ। केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन्। कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन्।

“अन्तरराष्ट्रियतर्फ आवागमन बढ्दो क्रममा छ। आन्तरिकमा साविक बमोजिम सामान्य छ”, प्रवक्ता शेर्पाले भने, “अबको विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना छ।”

प्रवक्ता शेर्पाका अनुसार शनिबार अन्तरर्राष्ट्रियतर्फ १०६ उडान भएका छन्। जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए। यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन्। आन्तरिकतर्फ २२२ उडान भएका छन्। यसमध्ये काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या ६ हजार ८७५ रहेको छभने भित्रिनेको सङ्ख्या चार हजार ६५ रहेको छ।

आइतबार अन्तरराष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन्। छ हजार ८०० यात्रु बाहिरिएका छन्। आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ र पाँच हजार ५०५ यात्रु काठमाडौँ भित्रिएका छन्।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दाबढी उडान हुन्छ। यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तरर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ। विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ।

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्।

प्रकाशित: २०८२ असोज ६ गते सोमबार ०८:४८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना