२०८३ साउन १३ गते बुधबार

बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
buddha_air

काठमाडौं। निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ।

कम्पनीले अन्तरर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो।

कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो। अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एकमात्र हो।

सुरुमा साताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । काठमाडौँबाट बिहान ७ः०० बजे र कोलकाताबाट स्थानीय समय ०९ः२० बजे उडान हुनेछ।

कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ। यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ।

यात्रुको एकतर्फी भाडा १३ हजार ३५३ रुपैयाँ तोकिएको छ। घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि समावेश गरिनेछ ।

समय र पैसाको बचत होस हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिकस्थल भ्रमणको लागि ‘आउटबाउन्ड’ तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणको लागि ‘इनबाउन्ड होलिडे प्याकेज’ पनि सञ्चालन गरिरहेको छ।

नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गङ्गासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन्। यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ। उडान तथा होलिडे प्याकेजमार्फत भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास बुद्ध एयरको छ।

बुद्धले देशका विभिन्न भागमा दिनहुँ छ दर्जनभन्दा बढी उडान भरिरहेको छ। अन्तरर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ।

यसअघि बुद्ध एयरले विसं २०७६ को वैशाख २ गतेदेखि कोलकाता उडान भरेको थियो। पछि कोभिड महामारीका कारण मङ्सिर १६ गतेदेखि सो उडान तत्कालको लागि स्थगन गरेको थियो।

प्रकाशित: २०८२ असोज ७ गते मङ्गलबार ०७:१७
प्रतिक्रिया

थप समाचार

क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब

सर्वोच्च अदालतले बन्द गर्न आदेश दिएको बाराको कलैया उपमहानगरपालिका–२४, श्रीपुर गाउँमाको ‘मिनाक्षी एग्रिगेट इन्डस्ट्रिज’ फेरि सञ्चालनको तयारीमा छ। सर्वोच्चमा मुद्दा जित्ने गाउँकी शिक्षिकालाई...

ग्यास सिलिन्डरका लागि दुई दिन लाइन बस्छन् उपभोक्ता, उद्योगमन्त्री भन्छिन्– बजारमा अभाव छैन

काठमाडौँ: पछिल्लो केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताको गुनासो चुलिएको छ। तर सरकारले भने बजारमा ग्यासको अभाव नरहेको दाबी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...

डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, बालेनको भूमिकाको तारिफ

काठमाडौँ: दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ । संस्थानले गत वर्ष दूधको...

जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना

गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजीकार्य सुरु गरिएको छ। भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउन सक्रियता बढाएको हो। गुठी...

राधेराधेको खण्डहर १७ तले महल: किन रोकियो? कसको हो?

राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो। धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना