काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन्।, शर्माले आजै कार्यभार सम्हालेका छन्।


