काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको छ। मंगलबार प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमाो सुनको कारोबार भैरहेको छ।
यसदिन सुन तोलामा दुई हजार ४०० रुपैयाँले बढेको हो। सोमबार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि नयाँ कीर्तिमानी उचाईमा पुगेको छ। यसदिन चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर तीन हजार २२० रुपैयाँमा खरिदबिक्री हुँदैछ।
