२०८३ कार्तिक १२ गते बुधबार

दुई रोपनी क्षेत्रफलमा ढकमक्क सयपत्री, बजार खोज्दै किसान

 |  रासस
Sanket

रासस

काठमाडौँ, असोज ३१
sayapatri
फाइल तस्बिर

दमौली: तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छन्। गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ।

उनले विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छन्। गत वर्षहरूमा तिहारमा नै फुल्ने सयपत्री फूल यस वर्ष चाँडै फुलेको उनले बताइन्। श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्रीका पाँच हजार बिरुवा रोपेकी छन्। तिहारका बेला बजारको समस्या नहुने भए पनि अहिलेको फुलेको फूललाई तिहारसम्म संरक्षण गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताइन्। उनले भनिन्, ‘अघिल्लो वर्ष बजारको समस्या थिएन। तिहारका लागि बजारको समस्या हुँदैन। तिहारपछि भने बजारको समस्या हुँदै आएको छ।’

श्रेष्ठले तिहारका लागि मात्रै नभई यसबेला गाउँघरमा हुने विभिन्न कार्यक्रमका लागि फूल बिक्री गरिरहेकी छन्। विशेषगरी सहकारी संस्थाको साधारणसभाका लागि सयपत्रीको मालाको माग आउने गरेको उनको भनाइ छ।

उनका अनुसार एउटा फूलको थुङ्गा रु पाँचसम्म बिक्री हुने गरेको छ। यो वर्षका लागि पनि फूलको बारेमा सोधपुछ गर्ने क्रम बढेको उनले बताइन्। फेसबुक, टिकटकमा फूलको भिडिओ हालेपछि केही ठाउँमा सोधखोज गर्ने बढेको श्रेष्ठले उल्लेख गरिन्। गत वर्षको तिहारमा मात्र श्रेष्ठले रु एक लाखको सयपत्री फूल बिक्री गरेकी थिइन्। उनले भनिन्, ‘यो वर्ष अलि छिटो फुलेका कारण के हुन्छ भन्न सकिएन।’

उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन्। उनले भनिन्, ‘पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ।’

विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने श्रेष्ठले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको उनले बताइन्।

श्रेष्ठले भनिन्, ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो। नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ।’

प्रकाशित: २०८२ असोज ३१ गते शुक्रबार ०७:५८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना