काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (ह्यात होटल) बन्द भएकोमा चासो व्यक्त गरेकी छ्न्। भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा होटलमा आगजनी भएको थियो।
शुक्रबार होटल व्यवस्थापनले एक सूचना जारी गर्दै आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीजस्ता क्रियाकलापले होटल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेको भन्दै कर्मचारीलाई पनि अर्को सूचना जारी नभएसम्म होटल परिसरमा नआउन भनिएको थियो। उक्त सूचनापछि प्रधानमन्त्री कार्कीले यस विषयमा चासो राखेको प्रेस संयोजक राम रावलले बताए।
आगजनीमा परेको हायात होटल बन्द, कर्मचारीलाई भन्यो: अर्को सूचना जारी नहुँदासम्म नआउनू
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनसँग शनिबार बिहान संवाद गरेका छन्। अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको भन्दै कत्ति पनि विचलित नभई सेवा सञ्चालन गर्न आग्रह गरेका हुन्।
यस विषयमा अर्थमन्त्री खनालले आइतबार होटल व्यवस्थापनसँथ थप छलफल गर्ने बताइएको छ।
आन्दोलनका क्रममा अराजक प्रदर्शनकारीको निशानामा परेको होटल हायात अनिश्चित कालका लागि पूर्णरूपमा बन्द गरिएको छ।


