२०८३ कार्तिक १६ गते आईतबार

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
TAAN

काठमाडौं। ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सुरक्षित पदयात्रा जाने व्यवस्था गर्नुपर्ने बताएको छ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी विदेशी पर्यटकको हकमा अनिवार्य रुपमा टिम्स कार्ड लिएर मात्र सुरक्षित पदयात्रामा जाने व्यवस्था गर्न र नेपाली पदयात्रीको हकमा पदयात्रासम्बन्धी यथेष्ट जानकारी लिई तयारीसहित पदयात्रामा जाने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्।

टानले पदयात्री तथा पदयात्रामा खटिने श्रमिकको सुरक्षाका लागि सुरु गरिएको टिम्सको पूर्ण रुपमा कार्यावयन हुन नसक्दा पदयात्रामा जाने विदेशी पर्यटक तथा सहयोगी सदस्यको गन्तव्य तथा लोकेशनको पहिचान गर्न र आवश्यक खोजी तथा उद्धार गर्न नसकिएको बताएको छ।

टानका अध्यक्ष सागर पाण्डेले विना पूर्वतयारी र विना पथप्रर्दशक पदयात्रामा जाने प्रवृत्तिका कारण स्वदेशी पदयात्रीले समेत विपद् तथा लेक लाग्ने समस्याका कारण ज्यान गुमाउने क्रम बढ्दै गएको बताए।

टानले पर्यटकको एकीकृत तथ्याङ्कको अभाव, समय सापेक्ष प्रविधिको प्रयोगमा संकुचनता, विपद् न्यूनिकरणका पूर्ण तयारीको अभाव, तत्काल खोज तथा उद्धारका लागि स्रोत र साधनको अभाव आदिका कारण विपद्का समयमा खेल्नुपर्ने भूमिका अपेक्षाकृत रुपमा खेल्न नसकिएको बताएको छ।

टानले अस्वभाविक भारी वर्षा तथा अस्वभाविक भारी वर्षा तथा हिमपातका कारण मनास्लु क्षेत्र, रोल्वालिङ क्षेत्रलगायतका पर्यटकीय गन्तव्यमा पिक आरोहण तथा पदयात्राका क्रममा ज्यान गुमाउने आरोही, पदयात्रीहरु तथा पथपर्दशकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भईरहेका सम्पूर्ण पर्यटक, पथप्रर्दशक तथा सहयोगीको शीघ्र पहिचान, उद्धार एवम् सकुशल घर फीर्तिको कामना समेत गरेको छ। साथै, खराब मौसमका कारण सृजित बिपका कारण घाईते भएका सम्पूर्णप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
–––

प्रकाशित: २०८२ कार्तिक २० गते बिहिबार ०५:४०
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना