काठमाडौँ। कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जा प्रवाह दुवैमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको २०८१/८२ को आर्थिक गतिविधि अध्ययन अनुसार, २०८१ असारको तुलनामा २०८२ असारमा प्रदेशको कुल निक्षेप १५.७२ प्रतिशतले बढेर रु. ५ खर्ब ५३ अर्ब पुगेको छ।
त्यस्तै, कर्जा प्रवाह पनि ५.९५ प्रतिशतले बढेर रु. ६ खर्ब १३ अर्ब भएको छ। निक्षेपको प्रकारतर्फ हेर्दा, २०८२ असारसम्म चल्ती निक्षेप कुल निक्षेपको ७.१४ प्रतिशत, बचत निक्षेप ५०.८४ प्रतिशत, मुद्दती निक्षेप ३६.०२ प्रतिशत र अन्य निक्षेप ६ प्रतिशत रहेको छ।
अहिले कर्जा माग कम भएकाले बैंकहरूमा धेरै पैसा (तरलता) थुप्रिएको अवस्था छ । यद्यपि, निक्षेप र कर्जा दुवै बढिरहेको देखिनु प्रदेशको आर्थिक गतिविधि क्रमशः सक्रिय हुँदै गएको संकेत मानिएको छ।
।
