२०८३ कार्तिक १६ गते आईतबार

कोरियन साझेदारीमा सिमरा सेजमा एक अर्ब ३७ करोडमा केम्याक्स कस्मेटिक उद्योग खुल्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
kmax

काठमाडौं। कोरियाली कम्पनीको रणनीतिक साझेदारीमा नेपालमा सौन्दर्य (कस्मेटिक प्रोडक्ट) सामाग्री उत्पादन हुने भएको छ।

नेपालको केम्याक्स हिमालय प्रालिमा कोरियन केम्याक्स कस्मेटिक्स कम्पनी लिमिटेडको रणनीतिक साझेदारी रुपमा प्रवेश भएको छ।

नेपाली कम्पनीले कोरियाली कम्पनीको ‘केम्याक्स’ ब्राण्डमा विभिन्न प्रकारका कस्मेटिक्स सामाग्रीहरु उत्पादन हुने भएको छ। केम्याक्स केरियाली कम्पनीको ब्राण्ड हो।

कोरियन कम्पनीले केम्याक्स हिमालयको ३३ प्रतिशतसम्म स्वामित्व खरिद गर्ने सहमति भएको छ।कस्मेटिक कारखाना बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा राख्न काम सुरु भइसकेको छ।

कोरियन कम्पनीले कस्मेटिक सामाग्रीको गुणस्तर नियन्त्रण, प्रोडक्ट डिजाइन र अनुसन्धान तथा विकास (आर एन्ड डी) मा सहयोग गर्ने भएको छ।

केम्याक्स हिमालयका संस्थापकहरुको कस्मेटिक उत्पादन, वितरण र बजारीकरणमा दुई दशक लामो अनुभव रहेको छ। उनीहरुले ‘न्यूलूक’ ब्राण्डको कस्मेटिक सामाग्रीको उत्पादन तथा वितरण गर्दै आएका छन्।

कारखानको उत्पादन पूर्वाधार हाल निर्माणको चरणमा रहेको छ। हालसम्म २० प्रतिशत वित्तीय प्रगति भएको केम्याक्स हिमालयले जनाएको छ। उद्योग पूर्वाधार स्थापना गर्न एक अर्ब ३७ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान छ।

कूल लगानीमध्ये संस्थापकको स्वपुँजी (इक्विटी) २५ र बाँकी ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।

उद्योग आगामी सन् २०२७ को मध्यतिर सञ्चालनमा ल्याउने योजना रहेको केम्याक्स हिमालयले जनाएको छ। यद्यपि, उद्योग पूर्वाधार तयार पारेर उत्पादनमा जान समय लाग्ने भएकाले पनि लागत बढ्ने जोखिम कायमै छ।

नेपालमा कस्मेटिक सामाग्रीको बजार राम्रो रहेको छ। बढ्दो सहरीकरण, जीवनशैलीमा आएको परिवर्तन र स्किन सुरक्षामा थप चेतना बढेकाले नेपालमा कस्मेटिक सामाग्रीको राम्रो बजार देखिएको कम्पनीले जनाएको छ।

यद्यपि, नेपालमा विभिन्न लोकप्रिय विदेशी ब्राण्डका कस्मेटिकको रजगज रहेकाले केम्याक्स हिमालयनले तीव्र प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ।

प्रतिस्पर्धाले उद्योगको मार्जिन घटाउन सक्ने संभावना छ। कोरियन ब्राण्ड हुने भएकाले बजारमा राम्रो हिस्सा ओगट्ने संभावना पनि छ।

बाराको सेजभित्र उद्योग सञ्चालन हुने भएकाले उत्पादन थालको चार वर्षसम्म कर छुट पाउनेछ। त्यसपछि ५० प्रतिशत कर छुट पाउनेछ। यस्तै उद्योगले स्याम्पुमा २० र अन्य कस्मेटिक उत्पादनहरुमा १५ प्रतिशत भन्सार सुरक्षा पाउनेछ।

केम्याक्स हिमालय सन् २०२३ मा स्थापना भएको हो। केम्याक्स हिमालयले स्किन केयर र हेयर केयरका लागि कस्मेटिक सामाग्री उत्पादन गर्नेछ।

जसअनुसार बडी लोसन, कस्मेटिक क्रिम, हेयर आयल, कस्मेटिक पाउडर, नङ पालिस, वाथ सोप र केम्याक्स स्याम्पु उत्पादन हुने उद्योगले जनाएको छ।

केम्याक्स हिमालयले एक अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
ल

प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०८:१९
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना