२०८३ साउन ११ गते सोमबार

कोरियन साझेदारीमा सिमरा सेजमा एक अर्ब ३७ करोडमा केम्याक्स कस्मेटिक उद्योग खुल्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
kmax

काठमाडौं। कोरियाली कम्पनीको रणनीतिक साझेदारीमा नेपालमा सौन्दर्य (कस्मेटिक प्रोडक्ट) सामाग्री उत्पादन हुने भएको छ।

नेपालको केम्याक्स हिमालय प्रालिमा कोरियन केम्याक्स कस्मेटिक्स कम्पनी लिमिटेडको रणनीतिक साझेदारी रुपमा प्रवेश भएको छ।

नेपाली कम्पनीले कोरियाली कम्पनीको ‘केम्याक्स’ ब्राण्डमा विभिन्न प्रकारका कस्मेटिक्स सामाग्रीहरु उत्पादन हुने भएको छ। केम्याक्स केरियाली कम्पनीको ब्राण्ड हो।

कोरियन कम्पनीले केम्याक्स हिमालयको ३३ प्रतिशतसम्म स्वामित्व खरिद गर्ने सहमति भएको छ।कस्मेटिक कारखाना बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा राख्न काम सुरु भइसकेको छ।

कोरियन कम्पनीले कस्मेटिक सामाग्रीको गुणस्तर नियन्त्रण, प्रोडक्ट डिजाइन र अनुसन्धान तथा विकास (आर एन्ड डी) मा सहयोग गर्ने भएको छ।

केम्याक्स हिमालयका संस्थापकहरुको कस्मेटिक उत्पादन, वितरण र बजारीकरणमा दुई दशक लामो अनुभव रहेको छ। उनीहरुले ‘न्यूलूक’ ब्राण्डको कस्मेटिक सामाग्रीको उत्पादन तथा वितरण गर्दै आएका छन्।

कारखानको उत्पादन पूर्वाधार हाल निर्माणको चरणमा रहेको छ। हालसम्म २० प्रतिशत वित्तीय प्रगति भएको केम्याक्स हिमालयले जनाएको छ। उद्योग पूर्वाधार स्थापना गर्न एक अर्ब ३७ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान छ।

कूल लगानीमध्ये संस्थापकको स्वपुँजी (इक्विटी) २५ र बाँकी ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।

उद्योग आगामी सन् २०२७ को मध्यतिर सञ्चालनमा ल्याउने योजना रहेको केम्याक्स हिमालयले जनाएको छ। यद्यपि, उद्योग पूर्वाधार तयार पारेर उत्पादनमा जान समय लाग्ने भएकाले पनि लागत बढ्ने जोखिम कायमै छ।

नेपालमा कस्मेटिक सामाग्रीको बजार राम्रो रहेको छ। बढ्दो सहरीकरण, जीवनशैलीमा आएको परिवर्तन र स्किन सुरक्षामा थप चेतना बढेकाले नेपालमा कस्मेटिक सामाग्रीको राम्रो बजार देखिएको कम्पनीले जनाएको छ।

यद्यपि, नेपालमा विभिन्न लोकप्रिय विदेशी ब्राण्डका कस्मेटिकको रजगज रहेकाले केम्याक्स हिमालयनले तीव्र प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ।

प्रतिस्पर्धाले उद्योगको मार्जिन घटाउन सक्ने संभावना छ। कोरियन ब्राण्ड हुने भएकाले बजारमा राम्रो हिस्सा ओगट्ने संभावना पनि छ।

बाराको सेजभित्र उद्योग सञ्चालन हुने भएकाले उत्पादन थालको चार वर्षसम्म कर छुट पाउनेछ। त्यसपछि ५० प्रतिशत कर छुट पाउनेछ। यस्तै उद्योगले स्याम्पुमा २० र अन्य कस्मेटिक उत्पादनहरुमा १५ प्रतिशत भन्सार सुरक्षा पाउनेछ।

केम्याक्स हिमालय सन् २०२३ मा स्थापना भएको हो। केम्याक्स हिमालयले स्किन केयर र हेयर केयरका लागि कस्मेटिक सामाग्री उत्पादन गर्नेछ।

जसअनुसार बडी लोसन, कस्मेटिक क्रिम, हेयर आयल, कस्मेटिक पाउडर, नङ पालिस, वाथ सोप र केम्याक्स स्याम्पु उत्पादन हुने उद्योगले जनाएको छ।

केम्याक्स हिमालयले एक अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०८:१९
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना