२०८३ साउन ११ गते सोमबार

ठप्प छ केरुङ नाका, पाँच महिनामा १४ अर्ब बढीको राजस्व गुम्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ७
Kerung Border_DSC07586

काठमाडौँ: गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ।

बाढीमा धेरैले  ज्यान गुमाए भने  ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपर्‍यो। बाढीका कारण  नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन्।

नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू  बाढीपछि चीनतर्फ नै अड्किएका कारण  पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूके आर्थिक सङ्कट झेली रहनु परेको छ।  यसरी नाका क्षेत्र महिनौँ देखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन।

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि  १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य रहेको  थियो।
बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्ब  भन्दा बढी राजस्व गुम्न पुगेको छ।

काठमाडौंबाट करिब १३२ किमिको दुरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौ ठूलो भन्सार कार्यालयको रुपमा रहेको थियो। उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको यो नाका  ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ।

चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ अवरोध भएका सडकहरू खुलिसकेको छ।

प्रकाशित: २०८२ मङ्सिर ७ गते आईतबार ११:१५
प्रतिक्रिया

थप समाचार

अब नागढुङ्गा सुरुङमार्ग हुँदै सररर…

राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन भएको छ। रुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिकमन्त्री र जाइका अध्यक्षले गर्ने, प्रयोग गरेको भाडा कति?

काठमाडौँ: राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ। सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

राधेराधेको खण्डहर १७ तले महल: किन रोकियो? कसको हो?

राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो। धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण छठपछि (तस्बिर)

काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दशैँ–तिहार–छठ)लगत्तै सुरु हुने भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ...

२१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु, रोकिएका परियोजना अघि बढ्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना