काठमाडौँ: बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले आइतबार धर्ना दिएका छन्।
सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको उनीहरूले बताएका छन्।
उनीहरु गत शुक्रबार पनि विभाग अगाडि धर्नामा बसेका थिए ।
प्रकाशित: २०८२ मङ्सिर ७ गते आईतबार ०२:४९