काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ४७.२२ अंकले बढेर २ हजार ६४७.४४ विन्दुमा बन्द भएको हो।
आज १ करोड ४२ लाख ४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
त्यस्तै, सागर डिष्टिलरी, बन्दिपुर केबलकार, झापा इनर्जी र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ। कम्पनीको मात्र २४ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।


