काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन ५ हजार २०० रुपैयाँले बढेको छ।
सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन यसदिन एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएकोमा तीन हजार २०० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







