काठमाडौँ: साताको चौथो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एकल अंकले बढेको छ। आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा बन्द भएको हो।
आज १ करोड ३६ लाख २० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
त्यस्तै, सागर डिष्टिलरी, झापा इनर्जी र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। कम्पनीको मात्र ६२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।


