काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको १०० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गरी १०० रूपैयाँ दरको नयाँ नोट प्रयोगमा ल्याउने जानकारी गराएको हो।
नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा हुनेछ। नोटका बाँकी फिचरहरू पूर्ववत्कै रहनेछन्।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि नोट छाप्ने जिम्मेवारी चिनियाँ कम्पनीलाई दिइएको थियो।
गत वर्षको दशैंमै चुच्चे नक्सासहितको नोट प्रचलनमा ल्याउने तयारी गरिए पनि त्यतिबेला नोट छपाइको कार्य सम्पन्न हुन नसक्दा चलनचल्तीमा ल्याउन सकिएको थिएन।


