२०८३ कार्तिक २० गते बिहिबार

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डद्वारा १० मेगावाटको मिथिला सोलारमा लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १२
manish

काठमाडौं। नेपालमा नवीकरणीय ऊर्जाको विस्तारलाई थप गति दिन नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले १० मेगावाट क्षमताको मिथिला सोलार परियोजनामा लगानी गर्ने सम्झौता गरेको छ।
फन्ड हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–रि इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संयोजनमा स्थापित हो।

मधेश प्रदेशको जनकपुरमा अवस्थित यो अन–ग्रिड सोलार परियोजना ऊर्जा डेभलपर्सले विकास गरेको हो। ऊर्जा डेभलपर्सले सन् २०३० सम्म एक हजार मेगावाट (१ गिगावाट) कार्बन–न्यूट्रल ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ। जसले नेपालको दिगो ऊर्जा रणनीतिसँग पूर्ण रूपमा मेल खान्छ।

यो लगानीसँगै ग्लोबल इक्विटी फन्ड नेपालका सोलार परियोजनामा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एकको रूपमा स्थापित भएको फन्डले जानकारी दिएको छ।

यसअन्तर्गत पशुपति रिन्युएबल्स (२५ मेगावाट), जीआई सोलार (६.८ मेगावाट), सोलार फार्म (५ मेगावाट), लुम्बिनी (५० मेगावाट) र बुद्धभूमि (४० मेगावाट) लगायतका सोलार परियोजनामा पनि लगानी तथा प्रतिबद्धता जनाएको छ।

अफ–ग्रिड कम्पनी घाम पावरमा पनि यसले सेयर लगानी गरेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डका अध्यक्ष डा. मनिष थापाले मिथिला परियोजनामा गरिएको लगानीले नेपालको दिगो पूर्वाधार निर्माणलाई बलियो बनाउने बताए। उनका अनुसार जलविद्युतमा देखिने मौसमी उतार–चढावलाई सौर्य ऊर्जाले पूरक भूमिका खेल्ने भएकाले सोलार परियोजना ऊर्जा आपूर्ति सन्तुलनका लागि महत्वपूर्ण छ।

त्यसैगरी, ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले ग्लोबल इक्विटी फन्डसँगको दीर्घकालीन सहकार्यले परियोजनाको सफलतामा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यो साझेदारी आफूहरूको चौथो सहकार्य भएको उल्लेख गर्दै, मिथिला सोलारमार्फत सौर्य ऊर्जा क्षेत्रमा प्रवेशले ऊर्जा स्रोतको विविधीकरणमा सहयोग पुग्ने बताए। उनका अनुसार यो परियोजना १ गिगावाट ऊर्जा उत्पादन लक्ष्यतर्फको महत्वपूर्ण कदम हो।

प्रकाशित: २०८२ मङ्सिर १२ गते शुक्रबार १२:०९
प्रतिक्रिया

थप समाचार

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना