तनहुँ।पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन्।
सडक आयोजना कार्यालयका अनुसार म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन्।
उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन्।
हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ।
करिब ३० किलोमिटर दुईतर्फी चार लेन र आठ किलोमिटर एकतर्फी दुई लेन कालोपत्र भएको छ। पूर्वी खण्ड जामुने–मुग्लिनको ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ।


