काठमाडौं। फिनटेक कम्पनी ईसेवा लिमिटेडले ११२.११ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको खुदनाफा र जगेडा कोषहरुबाट हाल कायम रहेको चुक्ता पुँजीको ८०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ।
ईसेवाले सेयरधनीलाई ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश बाँड्ने छ। यस्तै ३१.५८ प्रतिशतले हुन आउन १२ करोड रुपैयाँ बोनस सेयर दिने भएको छ।
ईसेवाले नगद र बोनस सेयर गरी कूल ४२ करोड ६० लाख रुपैयाँ लाभांश बाँड्ने भएको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २४ मा तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। हाल कम्पनीको जारी पुँजी ५० करोड रुपैयाँ रहेको छ।
यसैगरी कम्पनीले टअअप रेमिट्यान्स, अन्तर्राष्ट्रिय हवाइ भुक्तानी, लगानीको विवरणका साथै यस्ता प्रकृतिको कारोबार गर्न साधारणसभाबाट स्वीकृति लिने ईसेवाले जनाएको छ।


