काठमाडौँ: साग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उमेशसिंह भण्डारी नियुक्त भएका छन्।
मंसिर १२ गते (शुक्रबार) बसेको ३७५ औं सञ्चालक समितिको बैठकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा उमेशसिंह भण्डारी (उदयपुर जिल्ला, ना.प्र.प.नं. २७३) लाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ।
यसअघि सुयोग श्रेष्ठले नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंकको नेतृत्व सम्हालिरहेका थिए। भण्डारीले शुक्रबारदेखि कार्यभार सम्हालेका छन्।


