काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २ हजार ६४९.५२ विन्दुमा बन्द भएको हो।
आज १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
त्यस्तै, सागर डिष्टिलरी, निफ्राको ऋणपत्र, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार हिमालयन रि–इन्स्योरेन्सको भएको छ। कम्पनीको मात्र २३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।


