काठमाडौँ: नेपाल धितोपत्र बोर्डले विजय लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्काशन (एफपीओ) को लागि अनुमति प्रदान गरेको छ।
बोर्डले मङ्सिर १४ गते (आज) उक्त संस्थालाई अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्काशनको अनुमति दिएको हो।
संस्थाले अब ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गर्नेछ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।


