काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरू एकीकरण वा समायोजन गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो।
विद्युतीय कारोबार बढ्दै गएकाले महानगर क्षेत्रमा धेरै शाखा रहेका बैंकहरूले नजिकको शाखा एक आपसमा एकीकरण वा समायोजन गर्ने बाटो केन्द्रीय बैंकले खोलिदिएको हो। त्यसको लागि बैंक तथा वित्तीय संस्थाले नै निर्णय गर्नसक्ने उल्लेख छ।
‘मौद्रिक नीति समीक्षामा भनिएको छ “विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजनरएकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ।


