काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा बन्द भएको हो।
आज १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
त्यस्तै, सागर डिष्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार युनाइटेड मोदी हाइड्रो पावरको भएको छ। कम्पनीको मात्र २७ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।


