२०८३ कार्तिक २४ गते सोमबार

रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १६
Photo (2)

वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर धेरै कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टि–एजिङ यौगिकहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन्। जसले भविष्यमा छाला पुनर्जागरण (स्किन–रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना देखिएको छ।

प्रयोगशालामा उमारिएका मानव छाला कोषहरूमा गरिएको परीक्षणमा यी यौगिकहरूले सूजन, अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने गतिविधिलाई उल्लेखनीय रूपमा घटाउने क्षमता देखाएका छन्।

खोजिएका १२ इन्डोल यौगिकमध्ये तीन—जसमध्ये दुई पहिले कहिँ नदेखिएका सबैभन्दा प्रभावकारी प्रमाणित भएका छन्। वैज्ञानिकहरूका अनुसार यी प्राकृतिक रूपमा बन्ने अणुहरू शरीरभित्रै रहेका एक विशेष रक्त–ब्याक्टेरियाबाट उत्पादन हुन्छन, जसले छालामा हुने क्षति र सूजन दुवै घटाउने क्षमता राख्छन्।

यो अध्ययन अमेरिकन केमिकल सोसाइटी र अमेरिकन सोसाइटी अफ फार्माकोग्नोसीद्वारा प्रकाशित जर्नल अफ नेचुरल प्रोडक्ट्स मा प्रकाशित गरिएको हो। अहिले पनि वैज्ञानिकहरूलाई रगतमा हुने ब्याक्टेरियाबाट उत्पादन हुने मेटाबोलाइटहरूले मानव स्वास्थ्यमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा सीमित ज्ञान मात्र छ। इन्डोल कम्पाउन्ड भने हालका वर्षहरूमा एन्टि–एजिङ, एन्टि–इन्फ्लामेटरी र एन्टि–माइक्रोबियल प्रभावका कारण विशेष ध्यानमा परिरहेका छन्।

सन् २०१५ मा वैज्ञानिकहरूले पाराकोकस सान्जुइनीस नामक रगतमा पाइने ब्याक्टेरिया पत्ता लगाएका थिए, जसले यिनै इन्डोल यौगिकहरू उत्पादन गर्छ। यसपटक अनुसन्धानकर्ता चुङ सब किम, सुल्लिम ली तथा उनीहरूको टोलीले यही ब्याक्टेरियाले उत्पादन गर्ने यौगिकहरूको थप अध्ययन गरेका थिए।

“रगतमा पाइने सूक्ष्मजीवहरू अझै धेरै कम अध्ययन भएको क्षेत्र हो,” अनुसन्धानकर्ता किम भन्छन,“रगतको विशिष्ट वातावरणका कारण यसमा रहेका प्रजातिहरूको अध्ययनले स्वास्थ्य तथा रोगसँग सम्बन्धित धेरै नयाँ तथ्य उजागर गर्न सक्छ।”

टोलीले पाराकोकस सान्जुइनीस लाई तीन दिनसम्म कल्चर गरेर त्यसले उत्पादन गरेका मेटाबोलाइटहरूको मिश्रण संकलन ग¥यो । स्पेक्ट्रोमेट्री, आइसोटोप लेबलिङ तथा कम्प्युटेशनल प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरूले १२ फरक–फरक इन्डोल यौगिक पहिचान गरे, जस मध्ये ६ पहिलोपटक वैज्ञानिक अभिलेखमा दर्ता भएका हुन्।

यी यौगिकहरू छालामा हुने बुढ्यौली प्रक्रियामा कस्तो प्रभाव पार्छन् भन्ने बुझ्न वैज्ञानिकहरूले यी इन्डोलहरूलाई मानव छाला कोषमा हालेर परीक्षण गरे। परीक्षणअघि कोषहरूलाई अत्यधिक रिएक्टिभ अक्सिजन स्पिसिज उत्पन्न हुने अवस्थाबाट गुजारेका थिए । यही अणुहरूले सूजन र कलेजेन क्षति बढाउँछन्। १२ मध्ये तीन यौगिकले ती अक्सिजन स्पिसिजलाई घटाए, र सूजनसँग सम्बन्धित दुई प्रोटिनका स्तर तथा कलेजेन विघटनमा संलग्न प्रोटिन पनि कम गरे।

भविष्यमा छाला उपचारका लागि नयाँ बाटो
अनुसन्धानकर्ताहरूका अनुसार प्रारम्भिक परिणाम निकै उत्साहजनक छन्। यी नयाँ पहिचान गरिएका इन्डोल यौगिकहरू भविष्यमा बुढ्यौलीका असरहरू घटाउने स्किन–केयर उपचार विकासको आधार बन्न सक्ने सम्भावना छ। यो खोजले मानव शरीरभित्रै पाइने सूक्ष्मजीवहरूले पनि प्राकृतिक एन्टि–एजिङ तत्वहरू उत्पादन गर्न सक्छन् भन्ने रोचक तथ्य उजागर गरेको बताइएको छ।

एएनआई

प्रकाशित: २०८२ मङ्सिर १६ गते मङ्गलबार १०:५०
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना