२०८३ कार्तिक २० गते बिहिबार

रारा जोड्ने गमगढी–पिना सडक स्तरोन्नतिका लागि १६ करोड बजेट विनियोजन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १७
gamgadhi_rara

काठमाडौँ: रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ।

सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन्। यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ। गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृद्धि हुनेछ। यसका कारण होटल र अन्य व्यापारिक गतिविधिमा पनि वृद्धि हुने सम्भावना छ।

गमगढी बजारका व्यापारी र स्थानीय बासिन्दाहरूले कर्णाली प्रदेश सरकारको यो निर्णयलाई अत्यन्तै स्वागत गरेका छन्। उनीहरूका अनुसार, हाल पिना–ताल्चा हुँदै गमगढीसम्म यात्रा गर्नका लागि कच्ची र धुलाम्य सडकका कारण पर्यटकहरूको यात्रा असहज बन्ने गरेको छ। विशेषगरी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुने समस्या पनि छ।

गमगढी बजारको आर्थिक गतिविधिमा नयाँ उत्साह
मुगु उद्योग वाणिज्य संघका अध्यक्ष मकल बहादुर बुढाले भने, ‘यो बजेट सही समयमा र सहि स्थानमा आएको छ। यसबाट गमगढी बजारमा व्यवसायिक गतिविधिहरूमा वृद्धि हुनेछ र स्थानिय बासिन्दाहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ।’

कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लका अनुसार, रारा क्षेत्र नेपालको प्रमुख पर्यटन गन्तव्य हो र यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। ‘तर, सडकको कमीका कारण स्थानीयहरूले अपेक्षित फाइदा पाएका छैनन्। गमगढीमा उत्कृष्ट होटल सुविधाहरू भए पनि सडकको कारण पर्यटकहरू यहाँ आउन चाहँदैनन्। सडक निर्माण पछि, यहाँ एक रात बस्नका लागि पर्यटकहरूको संख्या बढ्नेछ,’ उनले भने।

सडक निर्माणको समय र प्रक्रिया
पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्णा चापागाईंका अनुसार, पिना–गमगढी सडकको निर्माण चालु आर्थिक वर्षको दौरान सुरु हुनेछ। उनले भने, ‘सडकको प्राविधिक अध्ययन चाँडै सुरू हुनेछ र एक हप्ताभित्र ठेक्का प्रक्रियासम्बन्धी आवश्यक काम अगाडि बढाइनेछ।’
गमगढी बजारका होटल व्यवसायी नेता चौलागाईंले भने, ‘हामीलाई धेरै वर्षदेखि पर्यटकहरूको गमगढीमा बस्ने चाहना थियो। अब सडक सुधार पछि हाम्रो व्यवसायमा मात्र होइन, सम्पूर्ण बजारको आर्थिक गतिविधिमा पनि उत्साह थपिनेछ।’

आवश्यकता र समृद्धिको आशा
गमगढी–पिना सडकमा हिउँदको समयमा सामान्य रूपमा यातायात सञ्चालनमा भए पनि वर्षायाममा पहिरोका कारण यात्रा अवरुद्ध हुने समस्या भइरहन्छ। छायाँनाथ रारा नगरपालिका–७ का हरिचन्द्र शाहीले भने, ‘वर्षा ऋतुमा हिँडडुल गर्न निकै गाह्रो हुन्छ, तर सडक सुधारपछि यात्रा सहज हुने छ।’

सडकको सुधारसँगै रारा क्षेत्रमा पर्यटकहरूको आगमनमा वृद्धि हुने र स्थानीय व्यापारमा उत्साह थपिने अपेक्षासाथ, कर्णाली प्रदेश सरकारले सो सडकको विकासमा महत्वपूर्ण कदम चालेको छ।

प्रकाशित: २०८२ मङ्सिर १७ गते बुधबार १२:३०
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना