२०८३ साउन १२ गते मङ्गलबार

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो: गभर्नर पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २१
bishwa_poudel

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकिङ प्रणालीमा कोल्याटरल दुरुपयोग जस्ता गतिविधि हुने हो भने राष्ट्र बैंक कठोर कदम चाल्ने चेतावनी दिएका छन्। अर्काको कोल्याटरल बेचेर व्यक्तिगत लाभ उठाउने काम ‘पार्ट अफ करप्सन’ भएको भन्दै उनले यो क्षम्य नहुने उनले बताए।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले भने, ‘सरकारी बैंकहरूमा ‘मिलाइदिन्छु’ भनेर पैसा माग्ने छुट अलगै विषय हो। त्यसलाई सरकारले हेर्छ । तर निजी बैंकमा यस्तो गतिविधि भयो भने राष्ट्र बैंक अत्यन्त गम्भीर बन्छ। जबरजस्ती कोल्याटरल बेचेर फाइदा लिन खोज्नु भ्रष्टाचारको हिस्सा हो, यसलाई राष्ट्र बैंकले कहिल्यै क्षम्य गरिँदैन।’

गभर्नर पौडेलका अनुसार आर्थिक गतिविधि सहज बनाउन राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा थुप्रै नीतिगत परिमार्जन गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा र लगानी क्षमता बढाउन सहज वातावरण बनाइएको उनले बताए।

उनले भने, ‘महानगरमा रहेका धेरै बैंकका शाखा आवश्यकता अनुसार बन्द गर्न सक्ने बाटो खोलिदिएका छौँ। डिजिटल कारोबार र आधुनिक बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै आर्थिक गतिमा सहयोग पुर्याउन राष्ट्र बैंक सक्रिय छ।’

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको नाफामा मात्रै होइन, संस्थागत सुशासनमा पनि राष्ट्र बैंकको कडा ध्यान रहने उल्लेख गरे। उनले भने, ‘नाफा बढाउन प्रोत्साहन गर्छौँ, तर कुन निर्णय सही हो र कुन गलत—त्यसअनुसार नीति बनाउँछौँ। सबैको सुझाव र गुनासा सुनेर नै हामी अगाडि बढ्छौँ।’

उनका अनुसार पछिल्लो दशकमा विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति भए पनि आर्थिक मनोबल भने कमजोर छ। ‘अर्थतन्त्रको गति मनोविज्ञानमा अडिन्छ। हिमालयन जाभादेखि आईटी क्षेत्रमा राम्रो प्रगति भएको छ, पूर्वाधार निर्माणमा पनि सुधार भइरहेको छ। तर मनोबल कमजोर छ, यसलाई सुधार्न सकारात्मक क्षेत्रतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।

उनले निर्यातमा उल्लेख्य प्रगति गरिरहेको अलैँचीजस्ता उत्पादनलाई उदाहरण दिँदै त्यस्ता क्षेत्रलाई थप प्रवद्र्धन गर्नुपर्ने बताए। गभर्नर पौडेलले दशकौँदेखि ‘नेपालमा केही हुँदैन’ भनेर युवालाई विदेश पठाउने प्रवृत्ति गलत रहेको टिप्पणी गरे। उनले भने, ‘सबैसँग भइसकेको जिम्मेवारी सोचेर छोरा–छोरी विदेश पठाइयो। तर अब उनीहरूलाई फर्काएर ल्याउनुपर्छ। फर्काइए पनि मन्त्री बनाउने वा राजनीतिक प्रतिस्पर्धामा लगाउने होइन, कामको अवसर दिनुपर्छ।’

कर्जामा समस्या आएपछि सबैलाई एकै किसिमले कालोसूचीमा राख्ने प्रवृत्तिलाई सुधार्न राष्ट्र बैंक अध्ययनरत रहेको उनले बताए। ‘निर्माण उद्योगमा माइक्रोफाइनान्सजस्तो मोडल भइसकेको छ—एकले गल्ती गर्यो भने सबैलाई राखेजस्तो अवस्था। अब यस्तो प्रणाली समग्र रूपमा सुधार्ने तयारी भइरहेको छ,’ गभर्नरले भने।

कुनै पनि क्षेत्रलाई रातारात सुधार गर्ने फर्मुला नहुने उल्लेख गर्दै गभर्नर पौडेलले क्रमिक सुधारलाई नै दिगो समाधान भने। ‘‘फेलियर’ हुनु व्यापारिक प्रक्रियाको नै हिस्सा हो। त्यसलाई डराउनुपर्ने होइन। सकारात्मक र सफल कथामा केन्द्रित भएर अगाडि बढ्नुपर्छ,’ उनले भने।

प्रकाशित: २०८२ मङ्सिर २१ गते आईतबार ०१:५९
प्रतिक्रिया

थप समाचार

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...

नेपाल एसबीआई बैंकलाई एकैपटक चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

काठमाडौँः नेपाल एसबिआई बैंक लिमिटेडले भारतको इण्डियन च्याम्बर अफ कमर्सले प्रदान गर्ने चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड जितेको छ। बैंकले ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ अन्तर्गत...

चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, कारण के हो?

काठमाडौँः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को तेस्रो र चौथो त्रैमासमा चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई विभिन्न नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। वित्तीय...

सिटिजन बैंक र ठूला करदाता कार्यालयबीचको विवाद सल्टियो, १ प्रतिशत थपेर कर तिर्न बैंक तयार

बैंकले १ प्रतिशत थपेर कर तिर्ने सहमित जनाउँदै मुद्दा फिर्ता लिनेगरी सर्वोच्च अदालतमा निवेदन दिएको थियो। मुद्दा फिर्ता लिन सर्वोच्चले अनुमति दिएको हो।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना