२०८३ कार्तिक १२ गते बुधबार

चीनमा ऊर्जा र उच्च–प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २२
china

बेइजिङ,सिन्ह्वा। चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको छ। भू–राजनीतिक तनाव र व्यापारिक चुनौतीहरू कायम रहँदा पनि चीनको मजबुत आर्थिक आधार, नीतिगत सक्रियता र औद्योगिक रूपान्तरणले विश्वभर सकारात्मक अपेक्षा बढाएको छ।

गोल्डम्यान स्याक्सले हाल प्रकाशित प्रतिवेदनमा सन् २०२५ का लागि चीनको आर्थिक वृद्धि (जीडीपी)वृद्धि ४.९ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ।

प्रतिवेदनले आगामी केही वर्षमा चीनको वास्तविक निर्यात वृद्धि ५ देखि ६ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ, जसले विश्व बजारमा चीनको प्रतिस्पर्धात्मक क्षमता निरन्तर विस्तार भइरहेको संकेत गर्छ।

पारम्परिक उद्योगको उन्नयन र नयाँ ऊर्जा तथा प्रविधि–आधारित उद्योगको तीव्र विकासले यो वृद्धि सम्भव भएको बताइएको छ।

आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले पनि चीनको वृद्धि पूर्वानुमान ५ प्रतिशतमा संशोधन गर्दै चीनलाई विश्व आर्थिक स्थिरताको महत्वपूर्ण आधारको रूपमा स्वीकार गरेको छ।

ओईसीडीका अनुसार आय वृद्धि, उपभोग विस्तार र सवारीसाधन तथा घरायसी सामान अदला–बदली कार्यक्रमले आन्तरिक मागलाई उल्लेखनीय रूपमा बढाएको छ।

डोइचे बैंक, मर्गन स्ट्यान्लीजस्ता प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चीनको नीतिगत क्षमतालाई बलियो र प्रभावकारी रहेको निष्कर्ष निकालेका छन्।

डोइचे बैंकका अनुसार पाँच खर्ब अर्ब युआन बराबरको नयाँ वित्तीय साधनले सन् २०२५ को अन्तिम त्रैमासिक र सन् २०२६ को प्रारम्भमा घरेलु मागलाई थप मजबुत बनाउनेछ।

स्वदेशी विश्लेषकहरूले पनि चीनको विशाल बजार, सुव्यवस्थित औद्योगिक श्रृङ्खला, प्रविधि–आधारित व्यापार संरचना सुधार तथा उदाउँदो उपभोग क्षेत्रलाई भविष्यको वृद्धि इन्जिनका रूपमा देखेका छन्। घरेलु उत्पाद र नयाँ व्यवसाय मोडेलहरूको विश्व बजारमा बढ्दो स्वीकार्यता चीनको आर्थिक सम्भावनालाई थप मजबुत बनाएको छ।

उच्च–गुणस्तरीय विकास, स्थिरता र पुनर्जीवन क्षमताजस्ता मूल आधारहरू अपरिवर्तित रहेको र चीनले विश्व अर्थतन्त्रमा स्थिरता र वृद्धि दुवैका लागि महत्वपूर्ण भूमिका खेलिरहने विश्लेषकहरूको निष्कर्ष छ।

प्रकाशित: २०८२ मङ्सिर २२ गते सोमबार ०७:५५
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना