२०८३ साउन १३ गते बुधबार

चीनमा ऊर्जा र उच्च–प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २२
china

बेइजिङ,सिन्ह्वा। चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको छ। भू–राजनीतिक तनाव र व्यापारिक चुनौतीहरू कायम रहँदा पनि चीनको मजबुत आर्थिक आधार, नीतिगत सक्रियता र औद्योगिक रूपान्तरणले विश्वभर सकारात्मक अपेक्षा बढाएको छ।

गोल्डम्यान स्याक्सले हाल प्रकाशित प्रतिवेदनमा सन् २०२५ का लागि चीनको आर्थिक वृद्धि (जीडीपी)वृद्धि ४.९ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ।

प्रतिवेदनले आगामी केही वर्षमा चीनको वास्तविक निर्यात वृद्धि ५ देखि ६ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ, जसले विश्व बजारमा चीनको प्रतिस्पर्धात्मक क्षमता निरन्तर विस्तार भइरहेको संकेत गर्छ।

पारम्परिक उद्योगको उन्नयन र नयाँ ऊर्जा तथा प्रविधि–आधारित उद्योगको तीव्र विकासले यो वृद्धि सम्भव भएको बताइएको छ।

आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले पनि चीनको वृद्धि पूर्वानुमान ५ प्रतिशतमा संशोधन गर्दै चीनलाई विश्व आर्थिक स्थिरताको महत्वपूर्ण आधारको रूपमा स्वीकार गरेको छ।

ओईसीडीका अनुसार आय वृद्धि, उपभोग विस्तार र सवारीसाधन तथा घरायसी सामान अदला–बदली कार्यक्रमले आन्तरिक मागलाई उल्लेखनीय रूपमा बढाएको छ।

डोइचे बैंक, मर्गन स्ट्यान्लीजस्ता प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चीनको नीतिगत क्षमतालाई बलियो र प्रभावकारी रहेको निष्कर्ष निकालेका छन्।

डोइचे बैंकका अनुसार पाँच खर्ब अर्ब युआन बराबरको नयाँ वित्तीय साधनले सन् २०२५ को अन्तिम त्रैमासिक र सन् २०२६ को प्रारम्भमा घरेलु मागलाई थप मजबुत बनाउनेछ।

स्वदेशी विश्लेषकहरूले पनि चीनको विशाल बजार, सुव्यवस्थित औद्योगिक श्रृङ्खला, प्रविधि–आधारित व्यापार संरचना सुधार तथा उदाउँदो उपभोग क्षेत्रलाई भविष्यको वृद्धि इन्जिनका रूपमा देखेका छन्। घरेलु उत्पाद र नयाँ व्यवसाय मोडेलहरूको विश्व बजारमा बढ्दो स्वीकार्यता चीनको आर्थिक सम्भावनालाई थप मजबुत बनाएको छ।

उच्च–गुणस्तरीय विकास, स्थिरता र पुनर्जीवन क्षमताजस्ता मूल आधारहरू अपरिवर्तित रहेको र चीनले विश्व अर्थतन्त्रमा स्थिरता र वृद्धि दुवैका लागि महत्वपूर्ण भूमिका खेलिरहने विश्लेषकहरूको निष्कर्ष छ।

प्रकाशित: २०८२ मङ्सिर २२ गते सोमबार ०७:५५
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना