२०८३ साउन १२ गते मङ्गलबार

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो एआई गाइडलाइन मस्यौदा, माग्यो सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २२
AI

काठमाडौँ: नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तीव्र गतिमा बढ्दै गएको कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई व्यवस्थित र जिम्मेवार बनाउने उद्देश्यले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) गाइडलाइन–२०२५’ को मस्यौदा सार्वजनिक गरेको छ। मौद्रिक नीतिमा गरिएको घोषणाअनुसार केन्द्रीय बैंकले मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव माग गरेको हो।

प्रस्तावित गाइडलाइनले बैंक तथा वित्तीय संस्थाले एआई प्रयोग गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने मापदण्डहरू निर्धारण गरेको छ। एआईले कार्यक्षमता, जोखिम व्यवस्थापन र ग्राहक सेवामा सुधार ल्याउने क्षमता भए पनि डेटा गोपनीयता, साइबर सुरक्षा तथा प्रणालीगत जोखिमजस्ता चुनौती बढ्ने भएकाले स्पष्ट नीति आवश्यक भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

गाइडलाइन नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त सबै संस्थामा लागू हुनेछ। यसमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, पूर्वाधार बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरू समेत समावेश छन्।

क्रेडिट स्कोरिङ, फ्रड डिटेक्सन, जोखिम व्यवस्थापन, ग्राहक सेवा र अनुपालन निगरानीजस्ता क्षेत्रमा प्रयोग हुने एआई प्रणाली र मोडेलहरू गाइडलाइनमा समेटिएका छन्।

एआई प्रयोगबाट आउने निर्णय र त्यसका प्रभावको पूर्ण दायित्व संस्थाको बोर्ड र उच्च व्यवस्थापनले लिनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ। साथै, इजाजतपत्र प्राप्त संस्थाले एआई–सम्बन्धी जोखिम स्वीकार्यता रणनीति र ‘एआई गभर्न्यान्स फ्रेमवर्क’ अनिवार्य रूपमा तयार गर्नुपर्ने उल्लेख छ।

उच्च जोखिमयुक्त एआईलाई छुट्टै वर्गीकरण गरी कडाइका साथ नियमन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। गम्भीर वित्तीय क्षति पुर्‍याउन सक्ने, व्यापक प्रयोगमा ल्याइने, न्युन मानव निगरानीमा सञ्चालन हुने वा संवेदनशील डेटा प्रशोधन गर्ने प्रणालीहरूलाई उच्च जोखिमको दायरामा राखिनेछ।

एआई प्रयोगबारे ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने तथा एआईले गरेका निर्णय व्याख्या गर्न मिल्ने हुनुपर्ने मस्यौदामा उल्लेख छ। ग्राहक डेटा गोपनीयता र सहमति अनिवार्य गरिएको छ, र व्यक्तिगत गोपनीयता ऐन, २०७५ अनुसार अत्यावश्यक डेटा मात्र संकलन गर्नुपर्ने उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिरहेका एआई प्रणाली, जोखिम व्यवस्थापन, साइबर सुरक्षा, ग्राहकमा परेको प्रभाव तथा भावी एआई योजनासहितको वार्षिक ‘एआई गतिविधि प्रतिवेदन’ सम्बन्धित सुपरिवेक्षण विभागमा बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यस्तै, गम्भीर एआई–सम्बन्धी घटना उत्पन्न भएमा तत्काल रिपोर्ट गर्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ। राष्ट्र बैंकका अनुसार एआई गाइडलाइनले बैंक तथा वित्तीय संस्थामा जिम्मेवार नवप्रवर्तन, पारदर्शी एआई प्रयोग, उपभोक्ता संरक्षण तथा साइबर सुरक्षा थप सुदृढ हुने अपेक्षा राखिएको छ।

प्रकाशित: २०८२ मङ्सिर २२ गते सोमबार ११:३२
प्रतिक्रिया

थप समाचार

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...

नेपाल एसबीआई बैंकलाई एकैपटक चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

काठमाडौँः नेपाल एसबिआई बैंक लिमिटेडले भारतको इण्डियन च्याम्बर अफ कमर्सले प्रदान गर्ने चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड जितेको छ। बैंकले ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ अन्तर्गत...

चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, कारण के हो?

काठमाडौँः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को तेस्रो र चौथो त्रैमासमा चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई विभिन्न नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। वित्तीय...

सिटिजन बैंक र ठूला करदाता कार्यालयबीचको विवाद सल्टियो, १ प्रतिशत थपेर कर तिर्न बैंक तयार

बैंकले १ प्रतिशत थपेर कर तिर्ने सहमित जनाउँदै मुद्दा फिर्ता लिनेगरी सर्वोच्च अदालतमा निवेदन दिएको थियो। मुद्दा फिर्ता लिन सर्वोच्चले अनुमति दिएको हो।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना