२०८३ कार्तिक २१ गते शुक्रबार

दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २२
kalopatra
फाइल तस्बिर

ढोरपाटन: दक्षिण बागलुङको ‘लाइफ लाइन’ का रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक छ वर्षमा ६५ प्रतिशत मात्रै काम सकिएको छ।  निर्माण कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रको कामले गति लिन नसकेको हो।

समयमै कालोपत्र नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।  निर्माण व्यवसायीले सरसर्ति काम गरेको भए चार वर्ष अगाडि नै कालोपत्र भइसक्थ्यो।  विसं २०७६ असोजमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सडकको छ वर्षमा आधा मात्रै काम भएको हो।  समयसमयमा ठेकेदार सम्पर्कविहीन हुँदा सडक अलपत्र पर्दै आएको थियो।

अहिले लामो समयपछि काम गर्न थालेको छ।  कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ।  सडकको धुलोका कारण बारीका तरकारी, फलफूल र घाँस सबै ढाकिने गरेको स्थानीय कसलचन्द्र पाध्यायले गुनासो गरे।

‘यो सडक खुलेको धेरै वर्ष बित्यो तर अहिलेसम्म स्तारोन्नति हुन सकेको छैन, बर्खाभरी हिलो बगेर बारीका अन्नबाली बसै पुरिन्छ, हिउँदमा धुलो घरभित्रै पस्छ, बसाइँसराइ गरेर कता जानु ?, नजाउँ धुलो र हिलोले हैरान बनायो’, उनले भने, यहाँभन्दा माथिको सडक कालोपत्र भयो, कुश्मिसेरासम्म पक्की नै छ, सडक कालोपत्रको जिम्मा पाएर काम नगर्नेलाई कारबाही गर्नु पर्‍यो। ’

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वर्षौदेखि सडक स्तरोन्नति नहुँदा बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासहित गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए। काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दै आएको भन्दै अहिले तीव्र गतिमा काम गर्ने छनक देखाएको शर्मा बताउँछन्।

बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न यो प्रमुख सडक हो।  २४ करोड ५८ लाखमा २०७८ सालमा सक्ने गरी पूर्वाधार विकास कार्यालय बागलुङमार्फत शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो।  समयमै काम नसकेपछि अहिलेसम्म पाँच पटक म्याद थप गरेको पूर्वधार विकास कार्यालयका इञ्जिनीयर प्रकाश श्रीसले जानकारी दिए।  चैत अगाडि पाँच किलोमिटर र त्यस पछाडि बाँकी सडक कालोपत्र गर्ने गरी काम भइरहेको उनको भनाइ छ।

इञ्जिनीयर श्रीसले भने, ‘यहाँको १० किलोमिटर सडकलाई अब दुई खण्डमा काम गर्ने गरी निर्माण कम्पनी अगाडि बढेको छ, अहिले चिसो बढेको हुँदा रुम्टाखोलासम्म अब तत्कालै कालोपत्र गर्ने र त्यसभन्दा माथि चैत पछाडि गर्ने भनिएको छ, निर्माण कम्पनीले सडक फराकिलो बनाउनेसँगै कालोपत्रका लागि बेस ओसार्ने काम गरी रहेको छ। ’

प्रकाशित: २०८२ मङ्सिर २२ गते सोमबार ०२:१८
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना