२०८३ कार्तिक २१ गते शुक्रबार

साढे दुई अर्ब लगानीमा ‘धुलोरहित सडक’ बनाउँदै काठमाडौँ महानगर, हालसम्म ५५ किलोमिटर सडक कालोपत्रे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २२
nepal

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत अहिलेसम्ममा ५५ किलोमिटर सडक कालोपत्रे भएको छ। ३ वर्ष नियमित चल्ने कार्यक्रमको लागत २ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ हो। पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम वहुवर्षिय योजना हो। यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

वडाबाट प्राप्त भएका मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम हुन्छन्। यो कामका लागि २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। काठमाडौँलाई ४ भागमा बाँडेर बनाइएको प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएकालाई कामको जिम्मा दिइएको छ।

यसमध्येको पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन्। यी वडामा काम गर्न करिव ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभीले पाएको छ। निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो। सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो।

योजनाको पूर्वी क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर सन्दिप ढकालका अनुसार अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ। यसअन्तर्गत वडा नम्बर ६ को सिमलटार, पाटीटार नयाँ बस्ती, तीनचुली आरुबारी हुँदै बौद्ध सम्मको भित्री सडक कालोपत्रे गरिएको छ। वडा नम्बर ९ को बत्तीस पुतली क्षेत्रका सडक, वडा नम्बर ३२ का महादेवस्थान कोटेश्वर, बालकुमारी पुलदेखि दोभान पुलसम्म करिडोर, पेप्सीकोला प्लानिङ्भित्रका सडकहरु कालोपत्रे गरिएका छन्।

यस्तै सूर्यकोट र गैरीगाउँका विभिन्न भित्री सडक कालोपत्रे गरि सकिएको छ।

पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन्। यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ। यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। निर्माण पक्षलाई २०८२ वैशाख ४ गते कार्यादेश दिइएको छ। यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा रहेको छ।

कार्यक्रमको यस क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार ४ वटा प्याकेजमध्ये यो प्याकेजमा सबैभन्दा पछि सम्झौता भएकोले अहिलेसम्म डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ। करिब ८ किलोमिटर सडक सुधारको काम भइरहेको छ।

यसमा लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडकसहित बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ।

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन्। यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ। निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो। सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो। करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ।

पूर्वी क्षेत्रका फोकल पर्सन ढकाल यस क्षेत्रको पनि फोकल पर्सन हुनुहुन्छ। उहाँका अनुसार यस क्षेत्रमा २३ किलोमिटर सडक कालोपत्रे भएको छ। ३ किलोमिटर सडक ढलान भएको छ। यसअन्तर्गत वडा नम्बर १ को दरबारमार्ग, नक्साल नागपोखरी, हात्तीसार र कमलादी क्षेत्र, वडा नम्बर ३ को बाँसबारी र महाराजगञ्ज क्षेका भित्री सडक, वडा नम्बर ४ को बालुवाटार, चुनदेवी, विशालनगरका भित्री सडकहरु, धुम्बाराही र सुकेधाराका भित्री सडकहरु कालोपत्रे भइसकेको छ।

वडा नम्बर २६ को मित्रनगरका भित्री सडकहरु, म्हेपी क्षेत्रका सडकहरु, वडा नम्बर २८ को अद्वैत मार्ग र बज्रवीर मार्ग, वडा नम्बर २९ को घट्टेकुलो मार्ग, वडा नम्बर ३० को सहिद मार्ग, राधे मार्ग, देवी मार्ग, गुर्जु मार्ग, धोवीधारा मार्गमा कालो पत्रे भएको छ।

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन्। यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल-युएसजी-आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ। निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो। सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो।

यस क्षेत्रमा ४.५ किलोमिटर सडक कालोपत्रे भएको छ। यस क्षेत्रबका फोकल पर्सन इञ्जिनियर समीर अधिकारीका अनुसार १.२ किलोमिटर सडक ढलान र १.५ किलोमिटर सडक ढुङ्गा छाप्ने काम भएको छ। मध्य क्षेत्रको वडा नम्बर ११ को सूर्य मार्ग, समिति मार्ग, कारागार मार्ग र कुमारी समिति मार्ग, वडा नम्बर १२, १७, १८, १९ र २० छुने विष्णुमती करिडोर, वडा नम्बर १२ को पचली भैरव सडक र पचली भैरव परिसर, वडा नम्बर १७ को इखापोखरी क्षेत्रपाटी सडक, क्षेत्रपाटी ढल्कु सडक, वडा नम्बर २७ को ज्याठा मार्गमा कालोपत्रे गरिएको छ।

वडा नम्बर ११ भोटेवहाल पीपलबोट सडक, वडा नम्बर १२ मा पर्ने टेकु ट्रान्सफर स्टेशन र दुवै वडा छुने वंशीघाट मार्गमा ढलान गरिएको छ।यसपछि वडा नम्बर ११ मा नदी करिडोरमा कालोपत्रे गर्ने कार्य, वडा नम्बर २१ मा ढल तथा सडक निर्माण, २३ र २७ मा ढुङ्गा छाप्ने कार्य सुरु हुँदैछ।

प्रकाशित: २०८२ मङ्सिर २२ गते सोमबार ०२:५२
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना