काठमाडौँ: एसवाई प्यानल नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ।
मंगलबार कम्पनीको १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेमा सूचीकरण भएसँगै कम्पनीको आईपीओ बुधबारबाट दोस्रो बजारमा कारोबार हुनेछ। आईपीओलाई १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ।


