२०८३ कार्तिक १६ गते आईतबार

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा छाड्न आदेश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २३
pradip_adhikari

काठमाडौँ: विशेष अदालत काठमाडौँले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारी र उप–प्रबन्धक मुरारी भण्डारीलाई धरौटीमा छाड्न आदेश गरेको छ।

थुनछेक बहसपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो।

अदालतले अधिकारीसँग पाँच लाख र भण्डारीसँग एक लाख रुपैयाँ नगद धरौट वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। भ्रष्टाचार मुद्दा दायर भएपछि उनीहरू स्वत: पदबाट निलम्बनमा परेका थिए।

अदालतको आदेशपछि भण्डारी एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। निलम्बित महानिर्देशक अधिकारी भने थुनामै रहनेछन्।अदालतले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा रिहा गर्न आदेश गरे पनि उनीविरुद्ध भक्तपुरमा निर्माण गरिएको नलिञ्चोक हेलिप्याड निर्माणमा अनियमितता भएको प्रकरणमा मुद्दा चलिरहेकाले उनी थुनामुक्त नहुने भएका हुन्।

हेलिप्याड निर्माणमा अनियमितता प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेकोमा गत मंसिर १७ गते उनलाई नियन्त्रणमा लिएर विशेष अदालतमा मुद्दा दायर भएको थियो। थुनछेक आदेशपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उनी थुनामै रहेको अवस्थामा मंसिर २१ गते पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीसहित ५ पूर्वमन्त्री, १० सचिव र सहसचिवसहित ५५ जनाविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा निर्माण कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी’सँग मिलेमतोमा लागत अनुमान अस्वाभाविक रूपमा बढाएको भन्दै मुद्दा दायर गरेको थियो।

पोखरा विमानस्थल भ्रष्टाचार: तत्कालिन ५ मन्त्रीसहित को–कोविरुद्ध मुद्दा चल्यो?(सूचीसहित)

पोखरा विमानस्थलमा कसरी भयो भ्रष्टाचार? बुझ्नुहोस् १५ बुँदामा

प्रकाशित: २०८२ मङ्सिर २३ गते मङ्गलबार ०६:३८
प्रतिक्रिया

थप समाचार

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

सर्वोच्चले धरौटीमा छाडेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश

काठमाडौँ: विशेष अदालतले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे छ। न्यायाधीशत्रय वाशुदेव  आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश...

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ

काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी प्रहरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना