काठमाडौँः नेपाल धितोपत्र बोर्डबाट सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले बिहीबार (आज) आईपीओ निष्कासनको अनुमति पाएको हो।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १३ लाख ७९ लाख ३५० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।


