२०८३ कार्तिक १३ गते बिहिबार

भारतबाट बेरोकतोक भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ २७
barimai sukyo tarkari
laqmL gePkl5 af/Ld} ;'Sof] aGbf t'n;Lk'/,@^ h]7M af/Ld} ;'s]sf] bfª t'n;Lk'/ pkdxfgu/kflnsf j8f g+ !! df]ltk'/sf /fh]z 8fFuLn] nufPsf] aGbf . aGbf laqmL geP/ af/Ldf ;'s]/ v]/ hfg yfn]kl5 ls;fgn] j:t'nfO{ v'jfpg yfn]sf 5g. tl:a/MbLks af]x/f÷/f;;

दाङ–दाङको तुलसीपुर उपमहानगर–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन्। उनलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन। पसिना पुछ्दै बारीमा पुग्दा पनि उनमा उत्साह छैन।

उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो। बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो। ‘१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन’, उनले भने, ‘अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन।’ उनले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो। गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो। त्यही भएर पनि यस वर्ष हौसिएर उनले १७ कट्ठामा खेती गरेका थिए।

‘गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो’, उनले भने, ‘त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ।’
गएको वर्ष उनले १० कट्ठामा मात्रै बन्दा खेती गरेका थिए। भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ। ‘सबै भारतबाट आइहाल्छ’, उनले भने, ‘त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन।’

त्यस्तै, सोही ठाउँका किसान डम्बरकुमारी खत्रीको पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ। कृषिप्रधान देशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनुले मुलुक कता जाँदैछ भन्ने चिन्ताले पिरोल्ने गरेको उहाँ बताउँछन्। ‘कृषिप्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ’, उनले भनिन्, ‘तरकारी बिक्री नभए पनि नसुक्ने, नबिग्रिने गरेर राख्न मिल्ने र प्रशोधन गरी अचारजस्ता कुरा बनाउने गरी सरकारले व्यवस्था गर्नुपथ्र्यो।’

गत वर्ष व्यापारी बारीमा लिन आउने गरेको भए पनि यस वर्ष किन्नसमेत नमानेको उनको भनाइ छ। यस्तै भइरहे अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उनी सुनाउँछिन्।

उनीहरुजस्तै जिल्लामा बन्दा खेती गर्ने किसानको हालत त्यस्तै छ। ५ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था आएको उनको गुनासो छ।
खेती गर्दा एक डेढलाख लगानी भए पनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको उनले बताइन्।

प्रकाशित: २०८० जेठ २७ गते शनिवार ०७:५५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना