काठमाडौँः साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.५० अंकले घटेर २ हजार ५९४ विन्दुमा बन्द भएको हो।
आज १ करोड १२ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ। यस दिन ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सबैभन्दा बढी कारोबार कुमारी बैंकको प्रमोटर शेयरको भएको नेप्सेले जनाएको छ। उक्त शेयरको मात्रै २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


