काठमाडौँ: साताको चौथो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ५.७० अंकले उकालो लागेर दुई हजार ६२५.७० बिन्दुमा बजार बन्द भएको छ।
बुधबार १४३ कम्पनीको शेयर मूल्य बढेको छ। कारोबारमा आएका १०४ कम्पनीको शेयर घट्दा ११ कम्पनीको स्थिर छ। ९ उपसमूहको शेयर बढ्दा व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन क्षेत्र भने एकभन्दा कम प्रतिशतले घटे।
यस्तै आज कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएकोमा यसदिन ५८ हजार ९६ पटकमा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको ८५ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
स्वस्तिक लघुवित्त र एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत मुनाफा कमाउँदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन्।
यसदिन युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधी विद्युत् कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ।


