काठमाडौं। प्राइम कमर्शियल बैंकले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको बिहीबार बसेको ५४९ औं सञ्चालक समिति बैठकले आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले एक अर्ब ६३ करोड ३९ लाख रुपैयाँबराबर लाभांश वितरण गर्ने भएको छ। एक अर्ब ५५ करोड २२ लाख रुपैयाँ बोनस सेयर र आठ करोड १६ लाख रुपैयाँ कर तिर्ने प्रयोजनका लागि नगद लाभांश दिन लागेको हो।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्ब रुपैयाँ पुग्नेछ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएर वार्षिक साधारणसभा गरेपछि मात्र लाभांश वितरण हुने बैंकले जनाएको छ।



