काठमाडौँः सालपा विकास बैंकले पुस १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। बैंकले कुल १४ लाख ३९ हजार १ सय ७९ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।
यस आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिने छ। आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको छ। यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको आईपीओको बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डद्वारा बैंकले मङ्सिर ८ गते बैंकले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्काशनको अनुमति प्राप्त गरेको हो।
सालपा विकास बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहेको छ र बैंकको सेवा क्षेत्र पनि मुख्यतया खोटाङ जिल्ला नै हो।


