काठमाडौँः साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.९२ अंकले घटेर २ हजार ५९५.१० विन्दुमा बन्द भएको हो।
आज १ करोड १२ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसदिन ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
त्यस्तै, एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार स्वस्तिक लघुवित्तको भएको छ । उक्त कम्पनीको मात्र १३ करोडको कारोबार भएको हो ।


