काठमाडौँः साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८८ अंकले घटेर २ हजार ५८१ विन्दुमा बन्द भएको हो।
यसदिन ९१ लाख ६७ हजार शेयर खरिद बिक्री हुँदा ३ अर्ब ५१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। त्यस्तै, आज ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने २०० कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ। साथै, ५ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।
आज एसवाई प्यानल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार लुम्बिनी विकास बैंकको भएको छ। उक्त कम्पनीको मात्र १० करोडको कारोबार भएको छ।


