काठमाडौँ: सन् २०२५ को अन्तिम तथा साताको चौथो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १०.८७ अंकले बढेर दुई हजार ६३३.७६ अंकमा बजार बन्द भएको छ।
यसदिन दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ। बुधबार एसवाई प्यानल लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। अर्थात् यी कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यस्तै विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् भने १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६ का लगानीकर्ताको शेयरमूल्य ९.६१ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये १६३ को शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य ओरालो लागेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। यसैगरी कारोबारका हिसाबले आज ग्रिन भेन्चर लिमिटेडमा लगानीकर्ता आकर्षित भएका छन्। उक्त कम्पनीको प्रतिकित्ता न्युनतम् मूल्य ५१० का दरले एक करोड ७७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
बुधबार कारोबार रकम पनि बढेको छ। आज ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन सोमबार शेयर बजारमा चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको एक करोड ३७ हजार ३०७ कित्ता शेयर किनबेच भएको थियो।


