काठमाडौँः सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो।
पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरिएको आइपीओमा २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। योग्य आवेदकमध्ये १ लाख ४३ हजार १७० जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन्।


