२०८३ कार्तिक २४ गते सोमबार

इक्यान संस्था मात्र नभई मेरो लागि एउटा परिवार हो: लक्ष्मण पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २७
ecan

काठमाडौँ: नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आगामी निर्वाचन २०८२ को लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका लक्ष्मण पौडेलले इक्यान संस्था मात्र नभई एउटा परिवार जस्तो भएको बताएका छन्। शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै पौडेलले यो क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएको बताए।

पौडेलले आफ्नो अनुभव साझा गर्दै साधारण सदस्यदेखि भाइस प्रिसिडेन्टसम्मको जिम्मेवारी सम्हाल्दा संस्थाको काम, चुनौती र सम्भावना नजिकबाट बुझ्ने अवसर पाएको बताए।

‘इक्यान मेरो लागि संस्था मात्रै होइन, यो परिवार हो। मैले यो क्षेत्रलाई मेरो जिवनको हिस्सा बनाएको दुई दशक भन्दा बढी भयो। आज म जे छु त्यसमा यो क्षेत्रको ठूलो भूमिका छ। इक्यानको ८ वटा शाखा, ७ सय भन्दा बढी सदस्यहरू रहेको यो संस्थामा मेरो यात्रा गाँसिएको छ। यो क्षेत्रमा मेरो आज २० वर्ष भयो, इक्यान सँगको यात्रा १० वर्षको भयो। यही संस्थाको जिम्मेवार पद भाइस प्रिसिडेन्टको रुपमा काम गरेको पनि २ वर्ष भएको छ,’ उनले भने, ‘तपाईंहरूको विश्वासले मलाई राम्रो मतका साथ भाइस प्रिसिडेन्ट बने, जहाँ गए त्यो क्षण सम्झिँदा आज खुसी लाग्छ। किनभने त्यो पद भन्दा ठूलो तपाईंहरूको भरोसा थियो। साधारण सदस्यदेखी फस्ट भाइस प्रिसिडेन्टसम्मको जिम्मेवारी सम्हाल्दा इक्यानको काम त्यसको चुनौति र सम्भावनालाई मैले अझै नजिकबाट बुझ्ने मौका पाएँ। बुझ्दै जाँदा एउटा कुरा प्रस्ट भयो, जसरी हत्केलाले सूर्यलाई छेक्न सकिँदैन त्यसैगरी हामीले पनि यो क्षेत्रमा समस्या छैन भन्न सकिँदैन।’

साथै, उनले अब संस्थाको उद्देश्य अव्यवस्थित क्षेत्रलाई व्यवस्थित, मर्यादीत र सम्मानित बनाउनु रहेको बताए। व्यवसाय सुरु गर्दा अनुमति, स्वीकृति र नविकरणका प्रक्रिया, सञ्चालन गर्दा उजुरी, गुनासो र निवेदनको व्यवस्थापनमा इक्यानको भूमिका आवश्यक हुने उनले उल्लेख गरे।

उनले भने, ‘अब हाम्रो लक्ष्य अव्यवस्थितलाई व्यवस्थित मात्र होइन, मर्यादीत र सम्मानित बनाउने हो। व्यवसाय सुरु गर्दा अनुमति स्वीकृति नविकरणका कुराहरू आउँछन् र सञ्चालन हुँदै गर्दा उजुरी, गुनासो र निवेदनका कुराहरू आउँछन्। समाधानका लागि अनुगमन र नियमका कुरा आउँछन्, त्यो सबै चरणमा इक्यानको भूमिका हुनुपर्छ भन्ने प्रश्नले आज अझ जिम्मेवार बनाएको छ।’

प्रकाशित: २०८२ पुस २७ गते आईतबार १२:१२
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना