२०८३ कार्तिक २४ गते सोमबार

नेप्से पुनर्संरचना प्रतिवेदनः आईपीओदेखि विदेशी रणनीतिक साझेदार भित्र्याउने सम्मका सुझाव

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, पुस २८
Nepse

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदन तयार भइ अर्थ मन्त्रालयमा पुगेको छ। सरकारद्वारा गठित प्रकाशजंग थापा नेतृत्वको अध्ययन समितिले नेप्सेलाई समयानुकूल, प्रतिस्पर्धी र पारदर्शी बनाउन आवश्यक सुझावसहितको प्रतिवेदन सोमबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको हो।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार प्रतिवेदन प्राप्त भइसकेको छ र अब यसबारे सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक निर्णय तथा कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ। समितिले शुक्रबार नै प्रतिवेदन मन्त्रालयमा दर्ता गराइसकेको थियो। अध्ययन समितिले नेप्से पुनर्संरचनाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा गर्नुपर्ने कामहरू पहिचान गर्दै स्पष्ट विकल्पसहित सुझाव दिएको छ। समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा मुख्य ११ वटा र सहायक करिब २५ वटा सुझाव समेटिएका छन्।

ती सुझावहरूमा नेप्सेको चुक्ता पुँजी वृद्धि, स्वामित्व संरचना परिवर्तन, सर्वसाधारणलाई शेयर बिक्री, तथा विदेशी रणनीतिक साझेदार भित्र्याउने विषय प्रमुख रूपमा उल्लेख छन्।

समितिको सुझावअनुसार हाल एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेप्सेलाई बढाएर कम्तीमा तीन अर्ब रुपैयाँ पुर्याउनुपर्ने छ। त्यसका लागि नेप्सेको शेयर सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री गर्ने तथा आवश्यक परे विदेशी रणनीतिक साझेदारलाईसमेत सहभागी गराउने प्रस्ताव गरिएको छ।

भारत, पाकिस्तान र बंगलादेशमा अपनाइएको मोडललाई आधार मानेर नेपालमा पनि नेप्से पुनर्संरचना गर्न सकिने समितिको ठहर छ।

नेप्से पुनर्संरचना खाका कोर्न ५० दिन समय, अध्ययन समितिले सुरु गर्यो काम

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, नेपाल राष्ट्र बैंकको करिब ९.५ प्रतिशत तथा लक्ष्मी सनराइज र प्रभु बैंकको पाँच–पाँच प्रतिशत शेयर रहेको छ। सर्वसाधारणको लगानी भने हालसम्म नेप्सेमा छैन।

समितिमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिवका रूपमा रहेका थिए। अन्य सदस्यहरूमा नेप्सेका प्रवक्ता मुराहरि पराजुली, राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल धितोपत्र बोर्ड (सेबोन) का नायब कार्यकारी निर्देशक रुपेश केसी तथा विज्ञ सदस्यका रूपमा सेबोनका पूर्वकार्यकारी निर्देशक नीरज गिरी सहभागी थिए।

यसअघि नेप्से स्वयंले पनि चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुर्‍याउने, ३० प्रतिशत शेयर सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गर्ने र विदेशी साझेदार भित्र्याउने प्रस्ताव अघि सारेको थियो। उक्त प्रस्तावको अध्ययन गर्नकै लागि अर्थमन्त्री खनालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यो अध्ययन समिति गठन गरिएको थियो।

यद्यपि नेप्से पुनर्संरचनासँगै दोस्रो स्टक एक्सचेञ्ज सञ्चालनको विषय भने हाल अन्योलमा देखिन्छ। अर्थमन्त्री खनालले सार्वजनिक रूपमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेको धारणा व्यक्त गरेपछि उक्त प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा पुगेको दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्ससम्बन्धी प्रस्ताव हाल स्थगित अवस्थामा छ।

यसअघि पनि विभिन्न समितिहरूले नेप्से पुनर्संरचना अपरिहार्य रहेको निष्कर्ष निकालिसकेका छन्। पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नेतृत्वको उच्चस्तरीय समितिदेखि काठमाडौं विश्वविद्यालयका विज्ञ समूहसम्मले प्रतिस्पर्धा र आधुनिकिकरण बिना नेप्से कमजोर बन्न सक्ने चेतावनी दिएका थिए।

चालू आर्थिक वर्षमा पनि नेप्सेले ८५ प्रतिशत नगद लाभांश दिने भएको छ। नेप्सेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ८५ करोड रुपैयाँ लाभांश प्रस्ताव गरेको हो। लाभांश दिने प्रस्ताव पारित गर्न नेप्सेले यही भोली मंगलबार ४४ औं वार्षिक साधारणसभा बोलाएको छ।

प्रकाशित: २०८२ पुस २८ गते सोमबार ०२:०५
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना