काठमाडौँः दुई दिनको विदा पछि खुलेको साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ५.५४ अंकले घटेर २ हजार ६३५ विन्दुमा बन्द भएको हो।
आज १ करोड २३ लाख ९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यस्तै, एसवाई प्यानल र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ । उक्त कम्पनीको मात्र ४२ करोड २२ लाखको कारोबार भएको हो ।


