२०८३ कार्तिक २४ गते सोमबार

शंकास्पद कारोबारमाथि निगरानी बढ्यो, एसटीआर/एसएआर प्रतिवेदन ३० प्रतिशतले वृद्धि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २९
nrb

काठमाडौँ: वित्तीय जानकारी इकाई (एफआइयू)ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा सम्पत्ति शुद्धीकरण र अवैध वित्तीय कारोबार नियन्त्रणतर्फको प्रयास तीव्र बन्दै गएको जनाएको छ। प्रतिवेदनअनुसार ‘गो–एएमएल प्रणाली’ मार्फत संकलन हुने वित्तीय सूचनामा उल्लेख्य वृद्धि भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ‘बीओ–एएमएल’ प्रणालीमा आबद्ध सूचक संख्या अघिल्लो वर्ष १ हजार ६३८ रहेकोमा ३ हजार ४८७ पुगेको छ। यस अवधिमा इकाईले ८ हजार ५६५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (एसटीआर/एसएआर) प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो।

प्राप्त प्रतिवेदनको विश्लेषण क्षमता पनि सुदृढ हुँदै गएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा विश्लेषणको संख्या करिब ४० प्रतिशतले वृद्धि भएको छ। विश्लेषणपछि ८४५ वटा एसटीआर/एसएआर मा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ। यसले वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको इकाईको विश्वास छ।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ। सीमापार वित्तीय कारोबार, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका वित्तीय अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य थप प्रभावकारी बन्दै गएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा सन् २०२३ मा एसिया–प्रशान्त समूह (एपिजी) ले गरेको पारस्परिक मूल्यांकनपछि नेपाल अन्तर्राष्ट्रिय वित्तीय निगरानी सूची ‘ग्रे–लिस्ट’ मा परेपछि गरिएका सुधारात्मक तथा समन्वयात्मक कार्यहरू पनि समेटिएका छन्।

अवैध आर्थिक गतिविधि र त्यसबाट आर्जन हुने सम्पत्तिमाथि प्रभावकारी नियन्त्रण गर्न नसकेको निष्कर्षसहित नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को जोखिमयुक्त मुलुकको सूचीमा परेपछि वित्तीय प्रणाली सुधारमा सरकारी तथा नियामक निकायमाथि दबाब बढेको छ। ग्रे–लिस्टमा पर्दा बैंकिङ प्रणाली, वैदेशिक लगानी, अन्तर्राष्ट्रिय कारोबार र मुलुकको आर्थिक विश्वसनीयतामा प्रत्यक्ष असर पर्ने भएकाले यसबाट बाहिरिनु सरकारको प्रमुख प्राथमिकतामा परेको छ। यसको लागि राष्ट्र बैंकले पछिल्लो समय सम्पत्ति सुद्धिकरणमा कढाई पनि गरिरहेको छ ।

यही सन्दर्भमा वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारलाई आगामी प्राथमिकताका रूपमा अघि सारेको छ। वित्तीय सूचना विश्लेषणको गुणस्तर अझ सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्य इकाईले लिएको छ।

प्रकाशित: २०८२ पुस २९ गते मङ्गलबार ०५:५६
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना