काठमाडौं। प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
बुधबार सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई आठ प्रतिशत बोनस सेयर तथा चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रमअनुसार सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार
डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। डा.बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए।
अध्यक्ष श्रेष्ठले बंैकले विगतमा झैं आगामी दिनहरुमा पनि सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।


